© २०२३
अर्घाखाँची ।
एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधि सभाको लागि नेकपा एमालेबाट पीताम्बर भुसालको उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसाललाई एमालेले उम्मेदवार बनाएको हो ।
राष्ट्रिय प्रजातन्त्र पाटीबाट झविन्द्र फुल्लेलले उम्मेदवारी दर्ता गराएका छन् । अहिलेसम्म ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पाटीको तर्फबाट हरि प्रसाद भुसालले उम्मेदवारी दर्ता गरेका छन् ।
राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल प्रगतिशील लोकतान्त्रिक पाटीबाट पुष्करनाथ आचार्य र स्वतन्त्र उम्मेदवार रवि शाहले उम्मेदवारी दिएका छन् ।