Butwal Today

रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा

६ माघ २०८२, मंगलवार
अ+
अ-

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–२ मा उम्मेदवार परिवर्तन गर्दै सुलभ खरेललाई टिकट दिएको छ। यसअघि उम्मेदवार बनाउने तय गरिएका  इन्जिनियर आशिष सुवेदीको टिकट परिवर्तन गरेर अधिवक्ता खरेललाई टिकट दिएको हो।

सुवेदीलाई  केही दिनअघि नै रास्वपाले टिकट दिएर निर्वाचन क्षेत्र पठाएको भए पनि अन्तिम समयमा आफूले टिकट पाएको खरेलले बताए । उनी रुपन्देही–३ को उपचुनावमा पनि आन्तरिक प्रतिस्पर्धामा थिए।

तर त्यहाँ डा लेखजङ्ग थापालाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेपछि उनी असन्तुष्ट थिए। सुवेदीले भने बालेनका तर्फबाट टिकट पाएका थिए। रुपन्देही २ मा कांग्रेसबाट चुन्न प्रसाद पौडेल, एमालेबाट विष्णु प्रसाद पौडेल र राप्रपाबाट कर्भिका थापा उम्मेदवार छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?