© २०२३
रोल्पा, १७ पुस ।
राष्ट्रिय कुखुरा दिवसको अवसरमा रोल्पामा अपांगता भएका बालबालिकाहरुलाई अण्डा वितरण गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र रोल्पाको आयोजनामा भएको उक्त कार्यक्रममा २७ जना अपांगता भएका बालवालिकाहरुलाई अण्डा वितरण गरिएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले कुखुराको महत्वको बारेमा चर्चा गरेका थिए । कार्यक्रमकमा जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले पोषण सुधारका लागि कुखुराको मासु र अण्डा महत्वपूर्ण रहेको वताएका थिए । पछिल्ला दिनमा कुखुरा जीविकोपार्जनको आधार समेत वन्दै गएको बताउँदै कुखुराको मासु र अण्डाको सेवनवारे थप चेतना फैलाउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले कुखुरा र यसवाट प्राप्त हुने अण्डाको बहुआयामिक महत्व रहेको औल्याए । कुखुरा र कुखुराको अण्डा सहजै पाउन सकिने गरी गाउँगाउँ सम्म पुगेको बताउँदै पोषण सुधारका लागि यसको नियमित उपयोग तर्फ जनचेतना जगाउनु पर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द रोल्पाका कार्यालय प्रमुख डा. सुकई प्रसाद चौधरीले देशको कुल ग्राहस्थ उत्पादनमा कुखुराको ६ प्रतिशत योगदान रहेको वताए । चाडपर्वको वेलामात्रै मासु खाने नेपाली चलनलाई कुखुराले व्रेक गरेको वताउदै यसको नियमित उपभोगमा ध्यान दिनु पर्ने वताए । पोषणका लागि प्रतिव्यक्ति वार्षिक १४ किलो मासु र ४८ वटा अण्डा आवश्यक पर्ने वताउदै सन्तुलित पोषणका लागि मासु र अण्डा आवश्यक रहेको बताए ।
कार्यक्रममा बालकल्याण मावि लिवाङमा अध्ययनरत फरक क्षमता भएका बालबालिकाहरुको समेत उपस्थिति रहेको थियो । उनीहरुलाई १÷१ क्यारेट अण्डा वितरण गरिएको थियो ।