© २०२३
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवारी दिने तयारीमा रहेका खरेलले पदबाट राजीनामा दिएका हुन् ।
उनले सोमबार (माघ ५) मा प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा छन् ।