Butwal Today

माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु

५ माघ २०८२, सोमबार
अ+
अ-
लमही। माटोको ढिस्काेले पुरिदा दाङको लमहीमा एकजनाकाे मृत्यु भएको छ । साेमबार बेलुका सम्राट सिमेन्ट उद्योग भित्र टनेलमा काम गर्ने क्रममा माटाेकाे ढिस्काेले पुरिदा लमही नगरपालिका वडा नम्बर ७ अरविन चाैधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर निवासी शंकर चाैधरी घाइते भएको  प्रहरीले  जनाएको छ । चाैधरीकाे लमही अस्पतालमा लमही प्रारम्भिक उपचार पछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । मृतक चाैधरीकाे शव लमही अस्पतालमा पाेष्टमार्टमकाे लागि राखिएको छ अपस्तालका डाक्टर शनि साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?