Butwal Today

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

५ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी भएकै क्रममा पक्राउ गरिएको हो ।

कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेत ले पक्राउ भएको पुष्टि गर्दै भने, “काठमाडौँबाट पक्राउ अनुमति आएको छ । सोही अनुसार हामीले कार्यान्वयन गरेका हौँ ।”

पक्राउ परेका प्रसाईंलाई अहिले काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?