© २०२३
काठमाडौं । राष्ट्रिय जनमोर्चाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि २२ जिल्लाबाट उम्मेदवारहरूको नाम तय गरेको छ । जनमोर्चाले सोमबार ७६ मध्ये २२ जिल्लाबाट २१ फागुनमा हुने निर्वाचनका लागि उम्मेदवारहरूको नाम तय गरेको हो ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ विभिन्न जिल्लाका निर्वाचन क्षेत्रहरुमा उम्मेदवारहरू निश्चित गरिएको अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘देशको राजनीतिमा अग्रगामी र सशक्त भूमिका खेल्नका लागि राष्ट्रिय जनमोर्चाका सबै उम्मेदवारहरूलाई विजयी गराउन हामीले सम्पूर्ण जनतासँग हार्दिक अपिल गर्दछौँ,’ उनले भनेका छन् ।