Butwal Today

हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो

५ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका उम्मेदवार टुङ्ग्याएको छ ।

सहमहामन्त्री फरमुल्लाह मन्सुरले हिमाली जिल्लामा उम्मेदवारको नाम टुङ्गिएको जानकारी दिएका छन् । ‘हिमाली जिल्लाका उम्मेदवार टुङ्ग्याएका छौँ । केही नाम मिलाउन बाँकी छ,’ उनले भने ।

सहमहामन्त्री मन्सुरका अनुसार बाँकी नाम टुङ्गिएपछि सार्वजनिक गरिनेछ । विशेष महाधिवेशनपछि पार्टीमा देखिएको विवादबीच सहमतिका आधारमा हिमाली जिल्लामा उम्मेदवार टुङ्ग्याइएको नेताहरूले बताएका छन् ।

अन्य जिल्लाका उम्मेदवार टुङ्ग्याउन नेताहरू वार्तामा रहेका छन् र अपराह्नसम्म टुङ्गिने जानकारी मन्सुरले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?