© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका उम्मेदवार टुङ्ग्याएको छ ।
सहमहामन्त्री फरमुल्लाह मन्सुरले हिमाली जिल्लामा उम्मेदवारको नाम टुङ्गिएको जानकारी दिएका छन् । ‘हिमाली जिल्लाका उम्मेदवार टुङ्ग्याएका छौँ । केही नाम मिलाउन बाँकी छ,’ उनले भने ।
सहमहामन्त्री मन्सुरका अनुसार बाँकी नाम टुङ्गिएपछि सार्वजनिक गरिनेछ । विशेष महाधिवेशनपछि पार्टीमा देखिएको विवादबीच सहमतिका आधारमा हिमाली जिल्लामा उम्मेदवार टुङ्ग्याइएको नेताहरूले बताएका छन् ।
अन्य जिल्लाका उम्मेदवार टुङ्ग्याउन नेताहरू वार्तामा रहेका छन् र अपराह्नसम्म टुङ्गिने जानकारी मन्सुरले दिएका छन् ।