Butwal Today

बालेनले सम्बोधन गर्ने ‘परिवर्तन उद्घोष सभा’ जनकपुरधाममा सुरु

५ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘परिवर्तनको उद्घोष’ सभा जनकपुरमा सुरु भएको छ ।रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहितका नेताहरूले सम्बोधन गर्ने सभामा हजारौँको उपस्थिति रहेको छ ।

सभास्थल तिरहुतिया गाछी भरिभराउ हुँदै गएको छ । अहिले पनि जुलुससहित सहभागीहरू आउने क्रम जारी छ ।

कार्यक्रममा विशेषगरी जेन–जी पुस्ताका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ । सभाको प्रमुख केन्द्रविन्दु रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बनेका छन् ।कार्यक्रमको अनौपचारिक सुरुआत शिवस्तुतिबाट गरिएको छ । मिथिला सांस्कृतिक परम्परा अनुसार कार्यक्रम सुरु गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?