© २०२३
काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ–१ मा सामाजिक अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ ।
रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले सोमबार पार्टी कार्यालयमा बोलाएर तामाङलाई उम्मेदवारीको टिकट प्रदान गरेका हुन् । यसअघि तामाङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् ।
रास्वपाको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाउँदै उनले काठमाडौँबाट उम्मेदवार बन्ने घोषणा गरेकी थिइन् । तर अहिले उनी धादिङ–१ बाट रास्वपाकै उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिने भएकी छन् ।