Butwal Today

रास्वपाबाट धादिङ–१ मा आशिका तामाङ उम्मेदवार

५ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ–१ मा सामाजिक अभियन्ता आशिका तामाङलाई उम्मेदवार बनाएको छ ।

रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले सोमबार पार्टी कार्यालयमा बोलाएर तामाङलाई उम्मेदवारीको टिकट प्रदान गरेका हुन् । यसअघि तामाङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् ।

रास्वपाको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाउँदै उनले काठमाडौँबाट उम्मेदवार बन्ने घोषणा गरेकी थिइन् । तर अहिले उनी धादिङ–१ बाट रास्वपाकै उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिने भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?