ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बुटवलमा ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने

४ माघ २०८२, आइतबार
४ माघ २०८२, आइतबार

बुटवल । संयुक्त ईरिक्सा संघर्ष समिति बुटवलले बुटवल उपमहानगरपालिकाले गरेको ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ । समितिले बुटवलमा पत्रकार सम्मेलन गर्दै ईरिक्सा सम्बन्धी कार्यविधि विपरीत पुनः नयाँ ईरिक्सा दर्ता तथा सञ्चालनको तयारी गरिएको भन्दै त्यसविरुद्ध संघर्षमा उत्रिन बाध्य भएको जनाएको हो ।

संघर्ष समितिका अनुसार बुटवल उपमहानगरपालिकाले २०७६ सालमा ईरिक्सा सम्बन्धी कार्यविधि तयार गर्दा अधिकतम १ हजार १८ वटा ईरिक्सा सूचीकृत गर्ने व्यवस्था गरेको थियो । त्यसपछि २०७८ सालमा कार्यविधि संशोधन गर्दै थप ४२२ वटा ईरिक्सा दर्ता गरी कुल संख्या १ हजार ४४० पुर्‍याउने निर्णय भएको थियो । तर उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन नगरी उपमहानगरपालिकाले हाल पुनः ६० वटा नयाँ ईरिक्सा थप्ने निर्णय गरेपछि आफूहरू आन्दोलनमा उत्रिएको हरियाली यातायात प्रा.लि.का अध्यक्ष तथा संयुक्त ईरिक्सा संघर्ष समितिका संयोजक कृष्णप्रसाद तिवारीले बताए ।

तिवारीले दर्ता भएर नियमित कर तिरिरहेका ईरिक्सा व्यवसायी तथा श्रमिकलाई विभिन्न बहानामा दुःख दिने गरिएको तर दर्ता नभएका ईरिक्सालाई नियन्त्रण र कारबाही गर्न उपमहानगरपालिकाले आवश्यक तदारुकता नदेखाएको आरोप लगाए । उनले विगतमा भएका साझा सहमति र निर्णयलाई बेवास्ता गर्दै तीन पाङ्ग्रे सवारी साधनसम्बन्धी ऐन एकल रूपमा पारित गरिएको भन्दै सो निर्णय स्वरोजगार मजदुर तथा ईरिक्सा पेशाकर्मीको हितविपरीत रहेको दाबी गरे ।

उनले दर्ता नभएका, रुट इजाजत नलिएका तथा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका ईरिक्सालाई तत्काल सञ्चालनमा प्रतिबन्ध लगाउन उपमहानगरपालिकासँग माग गरे । साथै, हालै निर्माण गरिएको ऐनअनुसार ईरिक्सा नामसारी सवारी चालक अनुमति पत्र भएका व्यक्तिका हकमा मात्र गर्नुपर्ने, एक व्यक्ति-एक ईरिक्सा मात्र दर्ता तथा नवीकरण गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने मागसमेत समितिले अघि सारेको छ ।

संघर्ष समितिले पहिलो चरणमा उपमहानगरपालिकाको ध्यानाकर्षण गराउने कार्यक्रम गर्ने र मागहरू सुनुवाइ नभए चरणबद्ध रूपमा आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ । समितिले ईरिक्सा व्यवसायी र श्रमिकको अधिकार, रोजगारी र जीविकोपार्जनको सुरक्षाका लागि संघर्ष अपरिहार्य भएको समेत स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?