Butwal Today

निर्वाचन कार्यतालिका रोक्न माग गर्दै देउवा समूह आयोगमा

४ माघ २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।

पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीले निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुगेको हो । देउवा समूहका नेता मीन विश्वकर्माले उक्त टोली आयोग पठाइएको जानकारी दिए ।

निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको मिति तोकेको छ । तर कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले मान्यता दिएपछि देउवा समूह त्यसविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।

उक्त रिटको पेसी पनि माघ ६ गतेका लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?