© २०२३
काठमाडौँ ।
सुनको भाउ आज पनि सामान्य रूपमा बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ भने घटेको छ । महासङ्घका अनुसार चाँदी आज तोलामा २० रुपैयाँले घटेर तोलाको ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अस्ति चाँदीको भाउ तोलाको ५ हजार ६ सय ४५ रुपैयाँ थियो ।