© २०२३
नवलपरासी । लामो समय देउवा समुहमा रहेका नेपाली कांग्रेसका नेता एवम् पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कंडेलले निर्वाचन आयोगले गगन थापा समुहलाई आधिकारिक काङ्ग्रेसको मान्यता दिएपछि नेता कंडेलले एकाएक गगन थापा नेतृत्वलाई समर्थन गरेका छ्न ।
कँडेलले प्रेस विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनपछि केही समयका लागि पार्टीभित्र देखिएको अन्योल निर्वाचन आयोगको निर्णयसँगै अन्त्य भएको उल्लेख गरेका छ्न ।
विज्ञप्तिमा ‘नेपाली कांग्रेस विगतमा पनि एक थियो र आगामी दिनहरूमा समेत ‘रुख चिन्ह’ र ‘चारतारे झण्डा’ मुनि एकढिक्का भएर अघि बढ्नेछ,-उनले भनेका छन्।
नेता कँडेलले आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई देशको नेतृत्वदायी पार्टी बनाउने लक्ष्यप्रति आफू पूर्ण रूपमा विश्वस्त रहेको बताउँदै निर्वाचन आयोगको निर्णयलाई स्वीकार गर्दै पार्टीभित्रका सबै मतभेद अन्त्य गरी युवाहरूको चाहना र भावनाअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छ्न ।