ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

नयाँगाउँ माविमा १२ कोठे भवन निर्माण हुने

२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

बुटवल । बुटवल १२ नयाँगाउमा रहेको नयाँगाउँ माविमा १२ कोठे भवन निर्माण हुने भएको छ। भवनको ६३ औं वार्षिकोत्सब एव अभिभावक दिवसको अवसरमा शिलान्यास गरिएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भवनको शिलान्यास गरे।

कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले बुटवलले शिक्षामा २६ प्रतिशत लगानी गरेको बताए । उनले नियमित रुपमा शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि आवस्यक कार्यहरु गर्दै आएको दाबी गरे। विद्यालयको भवन बनाउनको लागि जग्गा भएपनि ६ पटक कार्यपालिका बैठक बसेर ४ पटकसम्म डेलिगेशन गएपछि मात्रै जग्गा प्राप्ति भएर शिलान्यास गर्न सम्भव भएको बताए।

उनले बुटवलको मात्रै नभई लुम्बिनी प्रदेशकै अब्बल सामुदायिक विद्यालयको नाम आउदा नयाँगाउँ माविको नाम अग्रपंक्तिमै आउने अवस्था आएको बताए।

उनले अहिले सम्म विद्यालयको सुधारका लागि कामहरु गर्दै आएको बताएका थिए। नेपालस्थित भारतीय राजदुतावासका प्रथम सचिव सुमन शेखरले नेपाल र भारत मित्रराष्ट्र रहेको बताउँदै सामाजिक उत्तरदायित्व अन्तरगत भवन निर्माणमा सहयोगी बनेको बताए।

अर्घाखाँचीको शितगंगा नगरपालिका प्रमुख छबिलाल पौडेलले नयाँगाउँ माविको चर्चा अर्घाखाँची सम्म रहेको बताए। बुटवल उपमहानगर उपप्रमुख साबित्रादेबी अर्यालले शिक्षाको क्षेत्रमा बुटवलले धेरै लगानी गर्दै आएको बताइन।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनालले विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार गरेको बताए। विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले विद्यालयको स्तर सुधारमा निरन्तर लागिरहेको बताउदै नतिजा सुधार हुँदै अब्बल विद्यालय बनेको दाबी गरे।  विद्यालयका प्रध्यानाध्यापक पुरुषोत्तम भट्टराईले विद्यालयका गतिविधि र भावी कार्ययोजनाको बारेमा बताएका थिए।

शिलान्यास गरिएको भवन बुटवल उपमहानगरपालिका र भारतीय राजदुतावासको संयुक्त लगानीमा निर्माण हुनेछ भने सो भवनमा १२ कोठा रहनेछन्।

४ करोड ८८ लाख लागत अनुमान गरिएको भवनको ३ करोड ३८ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ। २०८३ फागुन २५ गते सम्पन्न गर्ने गरी सम्झौता भएको भवन भूकम्प प्रतिरोधी र आधुनिक शैलीमा निर्माण हुने बुटवल उपमहानगरपालिका योजना शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?