Butwal Today

रास्वपा नेता अर्याल पक्राउको मिथ्या सामग्री भाइरल, अर्यालले गरे खण्डन

२ माघ २०८२, शुक्रबार
अ+
अ-

बुटवल। चुनाबको माहोल तात्दै गर्दा सामाजिक सञ्जालमा चुनाबलक्षित मिथ्या सूचना फैलिन थालेका छन्। नेकपा एमालेका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही ३ का सभापति मधुप्रसाद अर्याल पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा जानकारीहरु सेयर गरिरहेका छन्। उनलाई संसद आगजनी गरेको आरोपमा पक्राउ गरेको भन्ने जानकारीहरु सामाजिक सञ्जाल फेसबुकमा भाइरल हुन थालेपछि अर्यालले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्-‘पछिल्लो समय सामाजिक सञ्जाल लगायत विभिन्न मिडिया प्लेटफर्म मार्फत मेरो नाम जोडेर आइरहेको तथ्यहीन र भ्रमपूर्ण समाचार र टिका टिप्पणी प्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ।’

नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेत, प्रेस चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेत, पत्रकार सुमन ढुङ्गाना लगायतले सामाजिक सञ्जालमा जानकारीहरु पोष्ट गरेका थिए। ‘सोही आधारमा केही अनलाइन मिडियाहरुले “संसद भवन जलउने कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी रूपन्देहीका सभापति मधुप्रसाद अर्याल पक्राउ” र “महान्यायाधिवक्ताको काम आयो” भन्ने तथ्यहीन र भ्रमपूर्ण समाचार सम्प्रेषण गरेकोमा खेद प्रकट गर्दछु।’-उनले विज्ञप्तिमा भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?