Butwal Today

कांग्रेस देउवा समूहको चेतावनी : आयोगले संविधान र विधानविपरीत निर्णय गरे आन्दोलन हुनेछ

२ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले निर्वाचन आयोगले संविधान, कानुन, पार्टी विधान र नियमावली विपरीत निर्णय गरेमा मुलुकभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलनमा संविधान र कानुनविपरीत निर्णय भएमा आफूहरूले देशभर आन्दोलन गर्ने बताएका हुन् ।‘निर्वाचन आयोगले संविधान, कानुन, पार्टी विधान र नियमावली विपरीत निर्णय गरेमा कांग्रेसले देशभर आन्दोलन गर्छ,’ खड्काले भने ।

उनले निर्वाचन आयोगले यस्तो कदम चाल्ने विश्वास आफूलाई नभएको भए पनि, बाहिरका चर्चा र बहसले त्यस्तो काम भए कांग्रेसले देशभर आन्दोलनमा जाने दाबी गरेको खड्काको भनाइ थियो ।

खड्काले विधि र विधानविपरीत आयोगले निर्णय गरेमा देशभर आन्दोलन गर्न तयार बस्न कार्यकर्तालाई आग्रह पनि गरे ।

‘हामीमाथि हुने गलत निर्णयविरुद्ध पार्टीले आवश्यक परेको बेला बोल्छ । त्यो बेला उपस्थित हुन तम्तयार रहन पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तक सबैलाई आग्रह गर्दछु,’ उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?