Butwal Today

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

२ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं-काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले भने, ‘३ गतेसम्म बहाल हुन्छ ।’  उनी पूर्ण रुपमा राजनीतिमा सक्रिय हुने गरी योजना बनाएको बताउँछन्।

काठमाडौंका मेयर बालेन्द्र शाहले राजीनामा दिने तयारी भइरहँदा उनको राजीनामा आएको हो। बालेन झापाबाट चुनाब लड्ने गरी महानगरबाट राजीनामा दिने तयारीमा छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?