© २०२३
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि कालिकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
शुक्रबार सदरमुकाम मान्ममा जिल्ला न्यायधिस माननीय कुल प्रसाद दाहाल, प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयल, नेपाल प्रहरी, शस्त्र प्रहरी, नेपाल आर्मी, अनुसन्धान प्रमुख जिल्ला निर्वाचन कार्यालय कालिकोटका कार्यालय प्रमुख विश्वमंगल शर्मा, सम्पूर्ण राजनैतिक दल नागरिक समाज पत्रकार र जिल्ला स्थित सरोकारवालाहरूको उपस्थितिमा कार्यालय कार्यालयको स्थापना गरिएको हो ।
१ सय २७ मतदान केन्द्र रहेको कालिकोटमा कुल ८४ हजार ६ सय ४६ मतदाता रहेका छन् ।