ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

माघे सङ्क्रान्तीमा रुरुक्षेत्र धाममा भक्तजनहरूको भिडभाड  

१ माघ २०८२, बिहीबार
१ माघ २०८२, बिहीबार

पाल्पा, १ माघ । 

माघे सङ्क्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गम स्थल रुरु क्षेत्र धाम रिडीमा धार्मिक मेला लागेको छ ।

रुरु क्षेत्रधाममा पुगेका  भक्तजनहरू काली गण्डकी स्नान तथा ह्षिकेश भगवान् तथा हनुमान मन्दिरमा पूजाआजा  दर्शन गरेका छन् । माघे सङ्क्रान्तीमा काली गण्डकीमा स्नान गरी ह्षिकेश भगवान्को दर्शन गरेमा अनजानमा गरेका सम्पूर्ण पाप नाश हुने, मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास रहेको पाइन्छ ।

रुरु क्षेत्र धाम आउने धार्मिक भक्तजनहरूको लागि लक्षित गरेर रिडी खोला तथा काली गण्डकी बगरमा तीन वटै जिल्लाका स्थानीय सरकारले  धार्मिक मेला सञ्चालन गरेका छन् ।

रुरु क्षेत्रधाममा परम्परादेखि नै काली गण्डकी किनारामा जेठी, माइली र कान्छी सङ्क्रान्तीको रूपमा धार्मिक मेला लाग्दै आएको छ । रुरु क्षेत्र धाम नेपालको चार धाम मध्ये एक भएकोले यसको विशेष धार्मिक महत्त्व रहेको छ ।

काली गण्डकीमा मकर  सङ्क्रान्ती स्नानको लागी पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देही कपिलवस्तु तथा भारतको उत्तर प्रदेश तथा विहारबाट समेत भक्तजनहरू काली गण्डकीमा स्नान तथा ह्षिकेश भगवानको दर्शनको लागि रुरु क्षेत्र धाम रिडीमा पुगेका छन् । मुस्ताङको दामोदर कुण्ड र मुक्तिनाथ क्षेत्रबाट बग्दै आएको काली गण्डकीलाई हिन्दुधर्मालम्बीहरुले श्रीकृष्ण गण्डकीको रूपमा लिँदै आएका छन् ।

धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङ लगायत हिमाली जिल्लाबाट  ल्याएका काम्लो, कम्मल, राडी, पाखी, बिक्रीको लागी राखिएका छन् । स्थानीय रूपमा बासबाट उत्पादित विभिन्न किसिमका सरसामान, डोको नाम्लो, डाला, पाथी, काइँयो किनबेचको स्थल धार्मिक मेला बनेको छ ।

जुम्ला, कालिकोट लगायत जिल्लाबाट ल्याएका ओखर घाँजी जस्ता सरसामान बिक्रीको लागी रुरु क्षेत्रमा मेला लागेको छ ।  धार्मिक मेलामा गुल्मीको गुड, पाल्पाको सुन्तला बिक्रीको लागि राखिएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?