Butwal Today

गगन थापा र विश्वप्रकाश शर्मा सहित नेताहरू कांग्रेसबाट निष्कासित

३० पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुर लगायतलाई पार्टीबाट निष्काशन गर्ने घोषणा गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरूलाई पार्टी हितविपरीत काम गरेको निष्कर्षसहित निष्काशन गर्ने निर्णय गरेको हो । बैठकले उनीहरूलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको छ ।