© 2026
काठमाडौं, ३० पुस ।
नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । समितिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै उम्मेदवारमाथि दाबी–विरोध ४ बजेदेखि ४:३० बजेसम्म गर्न सकिनेछ ।
त्यसैगरी समितिले उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने जनाएको छ । मतदान हुने सूची भने राति ८ बजेदेखि १ बजेसम्म सार्वजनिक गरिने तालिका रहेको छ ।
