ट्रेंडिंग:

>> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष

काँग्रेस कहाँनिर चुक्यो, समीक्षा गरौंः बालकृष्ण खाँण

१६ पुष २०७९, शनिबार
१६ पुष २०७९, शनिबार

बुटवल, १६ पुस ।

पुर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले सत्तामा पुग्ने राजनीतिक पार्टीहरुका लागि स्वाभाविक प्रक्रिया भएको भन्दै यसलाई कसैले पनि असहजतापुर्वक अन्यथा लिन नहुने बताएका छन् । ‘आफनो मूलभूत सिद्धान्त, अठोट, रणनीति र कार्यक्रमसहित सरकार संचालनमा जाने सबै दलको प्रयास हुन्छ’– उनले भने । यो सन्दर्भमा कहिलेकाही विविध प्राविधिक कारण, राजनीतिक कारण र राष्ट्रिय प्रभावले गर्दा पनि प्रतिकुलतामा पु¥याएको उनले बताए ।

देशभरका नेपाली काँग्रेसका कार्यकताहरु आत्तिनु भन्दा पनि कहाँनिर हामीले आफुलाई सच्याउने नेपाली काँग्रेसको नीति र सिद्धान्तमा कुनै कमी नभएको भन्दै उनले भने–“तथापी हामी रणनीतिक रुपमा कहानिर चुक्यौ भन्ने कुराको समीक्षा गर्न जरुरी छ ।”

वीपी कोईराला अध्ययन प्रतिष्ठानको छैठौ साधारण सभा, चौथो अधिवेशन तथा ४६ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको शनिबार उदघाटन गर्दै पुर्वगृहमन्त्री खाँणले पार्टी र देशमा राजनीतिक परिवर्तनमा योगदान दिने विपि कोईरालाको दुरदर्शीता आजको आवश्यकता भएको बताए । नेपालको राष्ट्रिय राजनीतिको धरातलमा पछिल्लो हिंसात्मक राजनीतिबाट मुलुकलाई निकास दिएर नेपालको राष्ट्रियतालाई सम्वद्र्धन गर्दै लोकतान्त्रिक मूल्य मान्यतालाई सबल, सुदृढ र प्रभावकारी बनाउँदै जनताको अधिकारलाई बिस्तारित गर्ने क्रममा नेपाली काँग्रेसले पछिल्ला चरणहरुमा राजनीतिक दलहरुसंग हातेमालो गरेको उनले बताए ।

अहिले पनि राजनीतिक दलहरुसंग हातेमालो गर्न जरुरी रहेको उनले दाबी गरे । नेपाली काँग्रेस कमजोर भयोभने देशको लोकतान्त्रिक पद्यती कमजोर हुन्छ । लोकतन्त्र कमजोर हुन्छ । लोकतन्त्र कमजोर हुदाखेरी बिछोडमात्र होईन, सिद्धान्त, नीतिमात्र कमजोर नभई जनताका हक अधिकार कमजोर हुन्छ । त्यसैले नेपाली काग्रेसलाई शक्ति संचय, शक्ति सन्तुलन कसरी गर्ने विषयमा लागेको बताए । ‘देशको अहिले राजनीतिक धरातलमा कुन कुन राष्टिय शक्तिसंग हातेमालो गर्दै लोकतान्त्रिक मुल्य पद्यतीको प्रवद्र्धन गर्ने हामीले नै रणनिती तर्जमा गर्ने हो’– उनले भने ।

यसै नीतिमा रहेर निरनतर दलहरुसँग रहेर सहमति, सहकार्य र एकताको हात अघि बढाएको उनले बताए । यसको पक्षमा दशौ वर्षदेखि पार्टीभित्र क्रियाशिल रहेको दाबी गर्दै उनले कहिलेकाही नेपालको राष्ट्रियता मजबुत गर्न, प्रजातन्त्र जोगाउन, काँग्रेसको प्रभावकारिताका लागि एकता गरौभन्दा पार्टीभित्र आलोचित हुनुपरेको गुनासो गरे ।
“आलोचनाको पात्र बनेको छु”– उनले भने, “तर पनि पार्टीभित्र नेपाली काँग्रेसले आफनो नीतिगत अडानका साथ अरु राजनीतिक दलहरुसंग सहमति, सहकार्य र एकता गर्नैपर्छ भन्ने पक्षमा म सधै उभिरहने छु, जतिसुकै अलोकप्रिय भएता पनि ।”

आफ्नो निर्वाचन क्षेत्रमा पार्टीभित्र र बाहिरका राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु सक्रिय भएको उनले दाबी गरे । यसमा आफु कुनै टिप्पणी नगर्ने खाँणको भनाई छ । विपि कोईरालाले जस्तै बिचार, दृष्टिकोण र पार्टीका लागि जतिसुकै मूल्य चुकाउन आफु तयार रहेको उनले बताए ।

कार्यक्रममा प्रतिष्ठानका सभापति युवराज गिरीले देशको राजनीतिक परिवर्तनमा नेपाली काँग्रेस पार्टी र विपिको योगदानबारे स्मरण गर्दै वैभवशाली समाज निर्माणमा योगदान रहेको बताए । विपि बाटिका, पुस्तकालय स्थापना गर्ने गरी काम अघि बढेको उनले बताए । जननिर्वाचित पहिलो प्रधानमन्त्री विपिको मूर्ति स्थापना गरी उदघाटन गरिएको छ । विपि कोईराला अध्ययन प्रतिष्ठानलाई अध्ययन, अनुसन्धान, मनोरञ्जन र क्रिडास्थलको रुपमा विकास गर्ने योजना रहेको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस पार्टी रुपन्देही जिल्लाका सभापती रामकृष्ण खाडले नपाली काग्रेस, देश र राष्ट्रियताका लागि ऐतिहासिक दिन भएको बताए । राष्ट्रिय एकता र मेलमिलाप एक सिक्काको दुई पाटा भएको भन्दै उनले यसलाई सन्तुलित गरि अघि बढन् सकेमात्र पार्टी, राजनिति र देश सफल हुने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले विपिको दुरदर्शिता र मेलमिलापकै कारण सबैजसो राजनिति परिवर्तन सफल भएको बताए । हरेक राजनितिको मियो र चर्चाको शिखरमा नेपाली काग्रेस अगाडि रहेको दाबी गरे । नगरपालिकाबाट २५ लाख रुपैया बाटिका र पुस्तकालयका लागि बिनियोजन भएको उनले बताए । यो क्षेत्रको विकासमा अधिकास बजेट विनियोजन गरि लागेको उनले बताए । धार्मिक पर्यटनमार्फत विकासलाई जोडेर अघि बढेको उनले बताए । पार्टी भित्रको मनमुटावलाई अन्त्य गरि अगाडि बढ्नुको बिकल्प नरहेको उनले बताए ।

क्षेत्र नं. २ का सभापति पर्शुराम ढकालले वर्तमान राजनीतिक परिवेशलाई एउटा अवसरका रुपमा लिनुपर्ने सुझाव दिए । विपिले दिएका विचार, चिन्तन, सिद्धान्त र आदर्शबाट बिचलित नभई अगाडि बढ्न जरुरी रहेको उनले बताए । यो अध्ययन केन्द्रका रुपमा रहेकाले यसबाट नै अगाडि बढाउनुपर्ने बताए । राजनितिमा चढावबढाव स्वभाविक भएको भन्दै उनले यसभन्दा माथि नेपाली काँग्रेस पार्टीको भूमिका रहने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पुर्व नगरप्रमुख रामप्रसाद खनालले बिपि बाटिकाको नाममा २०४६ सालमा स्थापना गरेको स्मरण गरे । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्मा, नेता बालकुमारी भण्डारी, उपाध्यक्ष बिमलराज भट्टराईले एकताको संदेश आजको आवश्यकता भएको बताए । प्रतिष्ठानका सचिव खिमानन्द भट्टराईले विपि बाटिका ५ हेक्टर क्षेत्रमा फैलिएको र विभिन्न पुर्वाधारहरु निर्माण भैरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission