Butwal Today

राष्ट्र बैंकको तथ्यांक : नेपालमा शंकास्पद कारोबार एक वर्षमा ९ हजार नाघ्यो

२९ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले देशमा शंकास्पद कारोबार बढेको औँल्याएको छ । बैंकको वित्तीय जानकारी इकाइले एक वर्षको अवधिमा ९,५६५ वटा शंकास्पद कारोबार भएको प्रतिवेदन जारी गरेको छ ।

बैंकका अनुसार, यो आँकडा अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।

साथै, आर्थिक वर्ष २०८१/८२ मा गोएमएल प्रणालीमार्फत वित्तीय सूचना सङ्कलन उल्लेख्य रूपमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा गोएमएलमा आबद्ध सूचक संस्थाहरूको संख्या १,६३८ रहेकोमा २०८१/८२ मा ३,४८७ पुगेको बैंकले जनाएको छ ।