Butwal Today

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च, सुन तोलाको २ लाख ७६ हजार ५ सय पुग्यो

२९ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

सुन र चाँदी आज अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । हिजो पनि बढेको सुनचाँदीको मूल्य आज थप वृद्धि भई नयाँ कीर्तिमान कायम भएको हो ।

आज सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ७४ हजार ७ सय रुपैयाँ थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज तोलामा १ सय ४५ रुपैयाँले बढेर तोलाको ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको ५ हजार १ सय ९५ रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय भू–राजनीतिक अनिश्चितता, मुद्रास्फीति तथा कम ब्याजदरका कारण लगानीकर्ता सुनतर्फ आकर्षित भएको महासङ्घले जनाएको छ ।