© 2026
काठमाडौँ ।
साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज परिसूचकमा सामान्य गिरावट देखिएको छ ।
आज नेप्से ५.५४ अंकले घटेर २,६३५ विन्दुमा बन्द भएको हो । बजारमा आज कुल ३३३ वटा धितोपत्रका १ करोड २३ लाख कित्ता सेयर ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ४ अर्ब ८८ करोड रुपैयाँ रहेको कारोबारमा आज उत्साह देखिएको छ ।
आज कारोबार भएका कुल कम्पनीहरूमध्ये ७५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ७ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज बजारमा उत्पादन तथा प्रशोधनमूलक कम्पनीको मूल्यमा सर्वाधिक १.०२ प्रतिशतले वृद्धि भएको छ भने ट्रेडिङ क्षेत्रको १.१६ प्रतिशतले घटेको छ । आज म्युचुअल फन्ड, विकास बैंक र होटल क्षेत्रका सूचक सामान्य रूपमा बढ्दा अन्य सूचक सामान्य रूपमा घटेका छन् ।
आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल र श्रीनगर एग्रोटेकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, रसुवागढी हाइड्रोपावरको मूल्य ८.५३ प्रतिशत र सीएफएल २ को ५.८५ प्रतिशतले बढेको छ । सुपर मादी हाइड्रोको मूल्य ४.२५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ४२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी राधी विद्युत् कम्पनीको ३१ करोड ५७ लाख, मन्जुश्री फाइनान्सको २७ करोड ८१ लाख र श्रीनगर एग्रोटेकको २५ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।