© 2026
बुटवल। कपिलवस्तुमा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको हो।
जुवा तास खेलिरहेको अवस्थामा कपिलवस्तु वाणगंगा न.पा.१० भावपुर रहेको रोयल सिटी कटेज एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको टोलीले छापा मारेर ६ जनालाई नियन्त्रणमा लिएको हो।
रुपन्देही कन्चन ५ पिपरी चापा बस्ने दिलिप थापा, भैसाही बस्ने कमल थापा, गौडी बस्ने दिपेन्द्र घर्ति मगर, वाणगंगा न.पा.१० बनकट्टीको अर्जुन चौधरी, भावपुर बस्ने होटल सञ्चालक दिनेश थारु र भक्तौली बस्ने उमेश पोख्रेललाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट २ लाख ५६ हजार २ सय ९० रुपैयाँ, ६ थान मोवाईल नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाएको ईलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।