Butwal Today

विशेष महाधिवेशनमा कांग्रेस प्रतिनिधिको ४९ प्रतिशत सहभागिता

२७ पुष २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, २७ पुस ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको बताइएको छ ।

विशेष महाधिवेशन उद्घाटन सत्रका सञ्चालकले ४९ दशमलब ३४ प्रतिशतले महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेशन गरिसकेको जानकारी दिएका छन् ।

कांग्रेसमा कुल ४७४३ जना महाधिवेशन प्रतिनिधि छन् । नेपाली कांग्रेसका ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका थिए ।

तीन महिनाअघि प्रतिनिधिहरूले मागेको विशेष महाधिवेशनलाई पार्टीको संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

सोही अनुरूप आज भृकुटीमण्डपमा उद्घाटन सत्र जारी छ । उद्घाटन सत्र पार्टीका काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ ।

महाधिवेशन भोलिसम्म चल्ने बताइएको छ ।