© 2026
काठमाडौँ ।
नेपाली कांग्रेसका नेता सुनिल शर्माले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको हलमा उपस्थित हुन आग्रह गरेका छन् ।
विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता शर्माले देशभरबाट आएका सहभागीको भिडले सभापति र केन्द्रीय कमिटीलाई गिज्याइरहेको उल्लेख गरे ।
उद्घाटन समारोहमा उपस्थित महाधिवेशन प्रतिनिधिलाई देखाउँदै उनले भने, ‘सभापतिज्यू, तपाईंलाई देशभरबाट आएका यी अनुहारले गिज्याइरहेको छ ।’
उनले अझै केही नबिग्रेको भन्दै विशेष महाधिवेशनको बन्दसत्रमा सभापतिलाई उपस्थित हुन आग्रह गरे । पार्टी फुट्न नदिने गरी अनेक विकल्पमा छलफल गर्न सकिने पनि उनको भनाइ थियो ।