ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

ठूला कोल्डस्टोरमा, साना सुन्तला बजारमा

१६ पुष २०७९, शनिबार
१६ पुष २०७९, शनिबार

अर्घाखाँची, १५ पुस ।

पाणिनी गाउँपालिका–२ पोखराथोकका वडाध्यक्ष एवं किसान चन्द्रकान्त पौडेलले बारीमा फलेका सुन्तला विगतमा बोटमा नपाक्दै बिक्री गरिहाल्थे । छिटोछिटो बुटवल र तराइका व्यापारीलाई कम मूल्यमै निर्यात गरिन्थ्यो । अहिले बिक्री गर्न हतार छैन । बोटमै पहेंलपुर हुन दिएर छिप्पाउने र टिपेर सिधै स्टोरमा राख्ने गरेका छन् ।

‘यो बेला सिजन भएकाले जहाँ पनि सुन्तला पाइन्छ, त्यसैले छिटफुट मात्रै बिक्री गरेका छौं,’ उनले भने, ‘धेरैजसो सुन्तला स्टोरमा राख्ने बेसिजनमा बिक्री गर्ने हो । त्यो बेला भाउ दोब्बर हुन्छ ।’ उनले २० क्वीन्टल सुन्तला स्टोरमा राखेको बताए । ‘बोटमै राम्रोसँग पकाएर मात्रै टिप्दै स्टोरमा राखेको छु,’ उनले भने, ‘बिक्री नहोला कि भन्ने चिन्ता छैन । आएका ग्राहकलाई दिएका छौं, खोजेका छैनौं ।’ उनले ४ सय भन्दा बढी सुन्तलाका बोटले उत्पादन दिएको छ । प्रदेश सरकार र पाणिनि गाउँपालिकाको आर्थिक सहयोगमा पोखराथोकमा ४ सय मेट्रिकटन क्षमताको कोल्डस्टोर निर्माण भएको छ । यसपाली मौसमले साथ दियो । रोग, किराले आक्रमण गरेन । गतवर्ष भन्दा झण्डै दोब्बर सुन्तला फलेको छ । गाउँका धेरैजसो कृषकले सुन्तला बोटमै छिप्पाएको पौडेलले बताए ।

अहिले काठमाडौं प्रतिकिलो एक सय देखि एक सय बीस र बुटवलमा ८५÷९० रुपैयाँमा बिक्री भएको शिवशक्ति मिश्रित कृषक समुहका अध्यक्ष चिरञ्जीवि पौडेलले बताए । गतवर्ष परीक्षणको लागि केही सुन्तला राखिएको थियो । त्यो बेला राम्रो आम्दानी भयो । गतवर्ष कोल्डस्टोरमा राखेको सुन्तला फागुन÷चैतमा बिक्री गर्दा डेढ सय रुपैयाँ किलोमा बिक्री भएको थियो । यसपालि त्यति मूल्यमा बिक्री होला भन्ने अनुमान उनको छ । ४ सय मेट्रिकटन क्षमता रहेको कोल्डस्टोरमा अहिलेसम्म ३ सय मेट्रिकटन सुन्तला राखिसकेको उनले बताए । कोल्डस्टोर भरिन्छ । अहिलेसम्म २९ जनाले स्टोरमा राखेका छन् । अहिले सुन्तलाका दाना पनि ठुला छन् । असिना नपरेपछि र रोग किरा नलागेकाले दाना राम्रो छ । बोटमा लटरम्मै फलेको छ । गतवर्षभन्दा झण्डै दोब्बर जस्तै दाना फलेको पौडेलले बताए ।

‘कोल्डस्टोरले किसानलाई सबैभन्दा धेरै फाइदा भयो,’ उनले भने, ‘यो सिजनको बेला मूल्य घटेर जतिमा झरेपनि बिक्री गर्नुपथ्र्याे, अहिले त्यो चिन्ता छैन । गाउँमा आएका ग्रहाकलाई रित्तो पठाएका छैनौं, बाँकी रहेको सुन्तला सबै स्टोरमा राख्छौं ।’ पाणिनि गाउँपालिका–१ सिम्ले गाउँमा सबैभन्दा धेरै सुन्तला उत्पादन हुन्छ । यहा“ अहिले ५ करोड रुपैयाँ बराबर मुल्यको सुन्तला उत्पादन हुने अनुमान गरिएको उनले बताए । स्टोरमा राखेर महंगो मुल्यमा बिक्री गर्न पाउँदा बिक्री गर्नतिर खासै रुची छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?