© 2026
काठमाडौँ ।
अमेरिकी अध्यागमन अधिकारीले मिनियापोलिस शहरमा गोली चलाउँदा ३७ वर्षीया महिलाको ज्यान गएको छ ।
गृह सुरक्षा विभागले रेनी निकोल गुड नामकी ती महिला हिंसक दङ्गाकारी भएकी र उनले अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) अधिकारीहरूलाई कुल्चने प्रयास गरेकी बताएको छ ।
तर मिनियापोलिसका मेयर ज्याकब फ्रेले अधिकारीको लापर्बाहीपूर्ण शक्ति प्रयोगका कारण ती महिलाको ज्यान गएको बताएका छन् । उनले आईसीई अधिकारीहरूलाई शहर छोड्न पनि निर्देशन दिएका छन् ।
यसैबीच, ट्रम्प प्रशासनले आत्मरक्षाका लागि गोली चलाएको भनाइ राखे पनि स्थानीय अधिकारीहरूले त्यसलाई अस्वीकार गरेपछि वाकयुद्ध सुरु भएको बीबीसीले जनाएको छ ।
अवैध आप्रवासनविरुद्ध ह्वाइट हाउसको कारबाहीको एक भागका रूपमा मिनेसोटा राज्यको मिनियापोलिसमा सयौं आईसीई अधिकारी खटाइएको छ । ट्रम्प प्रशासनले अमेरिकाका अन्य शहरहरूमा पनि आईसीई अधिकारीहरू पठाएको छ ।