काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई पदबाट हटाउने चेतावनी दिएका छन् । साथै, उनले कोलम्बियाविरुद्ध पनि सैन्य कारबाही गर्ने चेतावनी दिएका हुन् ।
ट्रम्पले कोलम्बियाली नेतृत्व लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै क्षेत्रीय सुरक्षाको विषय उठाएका छन् । कोलम्बियाविरुद्ध अमेरिकी सैन्य कारबाहीको सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले आफूलाई उचित लागेअनुसार प्रतिक्रिया दिने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसैबिच, कोलम्बियाली राष्ट्रपति पेट्रोले शनिबार भेनेजुएलामाथि भएको अमेरिकी आक्रमणबारे छलफल गर्न अमेरिकी राज्यहरूको संगठन र संयुक्त राष्ट्रसंघको आकस्मिक बैठक आह्वान गरेका थिए ।
यसअघि दिएको एक अन्तर्वार्तामा ट्रम्पले मेक्सिको र कोलम्बियासहित अन्य देशका लक्ष्यहरूविरुद्ध पनि सैन्य कारबाही विस्तार गर्ने विषयमा विचार भइरहेको बताएका थिए ।
गएको शनिबार अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिई न्यूयोर्क पुर्याएको थियो ।