ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

सुन्तलामा छलाङ : दशकको प्रयास, अर्बको उपलब्धि

२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

पाल्पा, २१ पुस ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–८, मैनादीका तुलसी कुवर यस वर्ष करिब ८ लाख रुपैयाँको सुन्तला बिक्रीमा सफल भएकी छन् ।

उनी मात्र होइन, यस वर्ष पाल्पाका धेरै कृषकले सुन्तला खेतीबाट उच्च आम्दानी हासिल गरेका छन् । विगतमा अन्नबाली, धान वा मकैको खेती परम्परागत विकल्प भए पनि, वन्यजन्तुको आक्रमण र बजारको बढ्दो मागले कृषकलाई सुन्तला खेतीतर्फ आकर्षित गरेको छ ।

तुलसी कुवर बताउँछिन्, “गत वर्षभन्दा यस वर्ष धेरै मूल्यमा र अधिक परिमाणमा बिक्री गर्न सफल भयौँ । यो हाम्रो मेहनत र सही व्यवस्थापनको परिणाम हो ।” स्थानीय कृषि अधिकारीका अनुसार, मैनादीमा सुरुमा घरायसी प्रयोजनका लागि लगाइएको सुन्तला अहिले व्यावसायिक खेतीमा परिणत भइसकेको छ ।

जिल्लाको वौघा पोखरा, खस्यौली, भैरव स्थान, मुझु, नयर, यम्घा, पूर्व खोला जस्ता गाउँमा सयौं कृषकले सुन्तलालाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । मैनादीका अगुवा कृषक दानबहादुर कुवर भन्छन्, “करिब एक दशकअगाडि हामीले अभियानका रूपमा कृषि सहकारी मार्फत सुन्तला खेती सुरु गरेका थियौँ ।

आज गाउँमा दुई सयभन्दा कम किसानको बारीमा सुन्तला छैन ।” सुन्तला खेतीले कृषकको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ । इन्द्रबहादुर कुवर, जो पशु प्राविधिकको जागिरबाट अवकाश प्राप्त छन्, सुन्तला खेतीबाट वास्तविक आम्दानी पाउने आशा राखेका थिएनन् ।

तर यस वर्ष उनलाई करिब ५ लाख रुपैयाँ आम्दानी भएको छ । उनी भन्छन्, “सपनाजस्तो लाग्यो । पहिलो पटक घरमै उत्पादन गरेर बजार पठाएको दिन खुसीको सीमा थिएन ।” रैनादेवी छहरा गाउँपालिका, मुझुका दोलखबहादुर कार्कीले पनि सुन्तला खेतीबाट ५ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

विगतका वर्षमा उनको बिक्री करिब २ लाख रुपैयाँ थियो । कार्कीले भने, “आर्थिक वर्षको तुलनामा उत्पादन र मूल्य दुवै बढेकोले आम्दानी पनि राम्रो भयो । अब हामी यसलाई स्थायी व्यवसायको रूपमा लिँदैछौं ।”

पूर्व खोला गाउँपालिका, पूर्व खोलाका इन्द्रबहादुर घर्तीले पनि यस वर्ष सुन्तलाको अनुकूल वातावरण मिलेको बताए । उनको बिक्री पनि करिब ५ लाख रुपैयाँ पुगेको छ । यसबाट प्रष्ट हुन्छ कि पाल्पाका कृषकहरूले सुन्तला खेतीमा रोजगारी र आम्दानीको नयाँ विकल्प पाएका छन् ।

सुन्तला जात, फलफूल विकास केन्द्रले व्यावसायिक कृषकका लागि नर्सरी, बगैँचा व्यवस्थापन तालिम, बिरुवा वितरण, यान्त्रीकरण र सिँचाइमा सहयोग पु¥याएको छ । यसले उत्पादन, क्षेत्रफल र आम्दानी दुवै बढाउन मद्दत गरेको छ ।

कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी मनिषा पौडेल भन्छिन्, “यस वर्ष विगतका तुलनामा उत्पादन र क्षेत्रफल दुवै बढे, त्यसैले करिब एक अर्ब रुपैयाँ आम्दानी भयो ।” आर्थिक वर्ष ०८०/८१ मा पाल्पामा ११ सय २५ हेक्टर क्षेत्रफलमा १३,७५० मेट्रिक टन उत्पादनबाट करिब ८२ करोड रुपैयाँ आम्दानी भएको थियो ।

यस वर्ष उत्पादन क्षेत्रफल र बजार पहुँच दुवै बढेपछि आम्दानी झन्डै एक अर्ब रुपैयाँ पुगेको कृषि अधिकारीहरूले जनाएका छन् ।
कृषकहरूले स्थानीय सरकारसँग सुन्तला खेतीलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनका अनुसार यदि सुन्तला खेतीलाई सरकारी स्तरबाट प्रोत्साहन दिइयो भने, विदेशी रोजगारीको विकल्पको रूपमा पनि विकास गर्न सकिन्छ ।

पाल्पामा सडक सञ्जाल बिस्तार भएसँगै व्यापारीहरू घरमै पुगेर खरिद गर्न थालेका छन् । यसले कृषकको समय, श्रम र लागत बचत भएको छ । पहिले बजार पहुँचको समस्या थियो भने अहिले उत्पादनलाई सजिलै स्थानीय तथा राष्ट्रिय बजारमा पठाउन सकिन्छ ।

सुन्तला खेतीले कृषकको जीवनस्तर उकास्ने मात्र नभई गाउँमा रोजगारी र अर्थतन्त्रमा वृद्धि ल्याएको छ । तुलसी कुँवर, दोलखबहादुर कार्की र इन्द्रबहादुर घर्तीजस्ता कृषकको प्रयासले देखाउँछ कि परम्परागत अन्नबालीको विकल्प स्वरूप फलफूल खेतीले व्यावसायिक सफलता र आर्थिक आत्मनिर्भरता दिन सक्छ ।

सुन्तला खेतीको सफलतालाई दृष्टिगत गर्दै कृषि विशेषज्ञहरूले किसानहरूलाई प्राविधिक ज्ञान, सिँचाइ व्यवस्थापन र विपन्नलाई प्रशिक्षण दिन आवश्यक रहेको बताएका छन् । साथै, उत्पादनलाई विदेशी बजारसम्म पुर्‍याउन सरकारी समर्थन र प्राथमिकतामा राख्नु जरुरी रहेको उनीहरूको भनाइ छ ।

पाल्पाको उदाहरणले सावधानीपूर्वक योजना, सही प्राविधिक सहयोग र बजार पहुँचका साथ फलफूल खेती मात्र स्थायी आम्दानीको स्रोत हुन सक्ने देखाएको छ ।

सुन्तला खेतीमा सफलता पाएका यी कृषकहरूले एक अर्ब रुपैयाँ आम्दानीको कथा गाउँ र जिल्लाभरि साझा गरेका छन् । यसले आगामी दिनमा फलफूल व्यवसायीकरण र गाउँ विकासको प्रेरणा दिने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?