Butwal Today

सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैयाँले घट्यो

१५ पुष २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, १५ पुस ।

दिनहुँ बढिरहेको सुनचाँदीको भाउ मंगलबार एकाएक घटेको छ । मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर २ लाख ६२ हजार १ सय रुपैयाँमा कायम भएको छ । आइतबार सुनको भाउ प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको भाउ पनि मंगलबार प्रतितोला ३ सय ५ रुपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको थियो ।