© २०२३
काठमाडौं, ११ पुस ।
नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारका लागि तोकिएको सुनको मूल्य हालसम्मकै सर्वाधिक हो ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हिजो बिहीबारको तुलनामा १ हजार ८ सय रुपैयाँले बढी हो ।
बिहीबार छापावाल सुनको भाउ तोलाको २ लाख ६७ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यसैगरी, चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ । हिजो बिहीबार तोलाको ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार १ सय ६५ रुपैयाँले बढेर ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार छापावाल सुनको भाउ गत बुधबार तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ, मंगलबार २ लाख ६७ हजार २ सय रुपैयाँ, सोमबार २ लाख ६१ हजार ७ सय रुपैयाँ र आइतबार २ लाख ५८ हजार ३ सय रुपैयाँ रहेको थियो ।