Butwal Today

सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो

११ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, ११ पुस ।

नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारका लागि तोकिएको सुनको मूल्य हालसम्मकै सर्वाधिक हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हिजो बिहीबारको तुलनामा १ हजार ८ सय रुपैयाँले बढी हो ।

बिहीबार छापावाल सुनको भाउ तोलाको २ लाख ६७ हजार ५ सय रुपैयाँ रहेको थियो ।  त्यसैगरी, चाँदीको भाउले पनि नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ । हिजो बिहीबार तोलाको ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार १ सय ६५ रुपैयाँले बढेर ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार छापावाल सुनको भाउ गत बुधबार तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ, मंगलबार २ लाख ६७ हजार २ सय रुपैयाँ, सोमबार २ लाख ६१ हजार ७ सय रुपैयाँ र आइतबार २ लाख ५८ हजार ३ सय रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?