ट्रेंडिंग:

>> आगन्तुक चराले सजिएको बढैयाताल >> दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अंगालो >> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू ! >> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर

नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड

९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

काठमाडौँ ।

साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेर बन्द भएको छ ।

बजारमा झिनो सुधार देखिँदा कारोबार रकम भने घटेको छ । आज बजारमा कुल ३३४ वटा कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन ३ अर्ब ५० करोडभन्दा बढीको कारोबार भएको थियो ।

आज कुल १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १४२ वटा कम्पनीको मूल्य घट्दा ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

समूहगत परिसूचकमध्ये आज बैंकिङसहित ६ समूहका सूचकमा वृद्धि हुँदा सात समूहका सूचक घटेका छन् । सबै समूहको उतारचढाव एक प्रतिशतभन्दा कम रहेको छ ।

आजको बजारमा इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५.३२ प्रतिशत नाफा कमाएका छन् । त्यस्तै, नेशनल हाइड्रोपावर ४.२६ प्रतिशत, हिमस्टार उर्जा ४.१९ प्रतिशत र सिद्धार्थ बैंक ३.९७ प्रतिशतले बढेका छन् । सबैभन्दा धेरै गिरावट ग्रामीण विकास लघुवित्तको ४.२३ अंकले भएको छ ।

कारोबार रकमका आधारमा आज एसवाई प्यानल शीर्ष स्थानमा रह्यो ।

उक्त कम्पनीको १४ करोड ४९ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी मन्जुश्री फाइनान्सको कारोबार १२ करोड ७९ लाख रुपैयाँ बराबर रह्यो भने बाँकी सबै कम्पनीको कारोबार रकम १० करोडभन्दा कम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?