Butwal Today

सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो

९ पुष २०८२, बुधबार
अ+
अ-

काठमाडौँ । 

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ६७ हजार दुई सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज एकै दिन तोलामा एक सय ६५ रुपैयाँले बढेर तोलाको चार हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार दुई सय ५५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?