ट्रेंडिंग:

>> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू ! >> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण

ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा

९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बुटवल, ०९ पुस । 

पश्चिम नवलपरासीका सीमा क्षेत्रहरूमा भारतीयद्वारा खुलेआम लागू औषध बेचबिखन गर्ने गरेको खुलासा भएको छ ।

नेपाल–भारत खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीयहरूले नेपाली सीमा बजार क्षेत्रमा लागू औषध ल्याउने बिक्री गर्ने गरेको फेला परेको हो । भारतीय मोटर साइकलमा बोरामा राखेर ठूलोमात्रामा नेपाल भित्रिएको लागू औषध नेपाली भूमिबाट समाउनुले नेपालमा लागू औषधको जालो दैनिक फैलिँदै गएको देखिन्छ ।

प्रहरीले नवलपरासीको सिम क्षेत्र पुस ०७ गते साझ करिब ७ बजेको समयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) परासी बजार आसपास एरियामा लागू औषध ओसार पोसार तथा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा खटिएको टोलीले ठुलो परिमाणमा लागू औषध नियन्त्रणमा लिएको हो ।

प्रहरी नायव निरीक्षक सागर भट्टराईको कमान्डमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं.१२ पचगावा स्थित दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ७२ प २९१३ नं. को मोटर साइकलमा जिल्ला नवलपरासी पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ पडरी बस्ने वर्ष ३० को शहरेदिन अन्सारी र सोही स्थानका १९ बर्षको कृष्ण कुमार चौधरीको साथबाट डाईजापाम १५० एम्पुल, फेनरागन १५० एम्पुल, ब्रुफिननुफ्रिन १५० एम्पुल लागू औषध सहित मोटरसाइकल र मानिसहरू नियन्त्रणमा लिई थप अनुसन्धान गरेको हो ।

नवलपरासी पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ४ लोकपुरवा नजिकै नहरको छेउमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको यु पी ५६ बि इ ५५३७ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा भारत उत्तर प्रदेश जिल्ला महाराजगन्ज थाना ठुटी बारी बस्ने वर्ष २७ को ईरसाद अली र ऐ. ऐ. बस्ने वर्ष २४ को नवि रसुलले सोही मोटर साइकलमा बोरामा राखि ल्याउदै गरेको अवस्थामा डाईजापाम १४९४ एम्पुल, फेनरागन १४९८ एम्पुल, ब्रुफिननुफ्रिन १४९९ एम्पुल लागू औषध सहित नगद नेपाली रुपैयाँ ४०, चालिस हजार बरामद गरी मानिस र मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

शहरेदिन अन्सारी जोलाहाको घरमा समेत लागू औषध लुकाई छिपाई राखेको भन्ने सूचना पाएपछि प्रहरीले शहरेदिन अन्सारी जोलाहाको पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ पडरीमा रहेको घरमा समेत छापामारी घरमा हरियो झोलामा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम ४४३ एम्पुल, फेनरागन ४४३ एम्पुल, ब्रुफिननुफिन ४५३ एम्पुल लागू औषध समेत फेला परेको हो ।

जम्मा लागू औषध डाईजेपाम २०८७ एम्पुल, फेनरागन २०९१ एम्पुल, ब्रुफिननुफ्रिन २०९४ एम्पुल गरी जम्मा ६२७२ एम्पुल लागू औषध सहित ४ (चार) जना मानिसहरू र निजहरूले प्रयोग गरेको लु ७२ प २९९३ नेपाली मोटरसाइकल युपी ५६ बि इ ५५३७ नम्बरको भारतीय १ वटा मोटरसाइकल उनीहरूको साथबाट नगद रु.४० (चालिस हजार) समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नवलपरासी जिल्ला अदालत परासी नवलपरासी पश्चिम बाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक सोमदास ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?