Butwal Today

गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा

८ पुष २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, ८ पुस ।

जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ ।

मंगलबार पठाइएको पत्रमार्फत आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरिएको जनाएको छ ।

आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको पत्रमा उनीहरूको स्थानहद फुकुवा गरिएको र विदेश भ्रमण गर्न समेत पाउने उल्लेख छ ।

उनीहरूको बयान सकिएको हुनाले स्थानहद फुकुवा गरिएको हो । यसअघि गुप्तचरका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकिएपछि उनको पनि स्थानहद फुकुवा गरिएको थियो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा छानबिन गर्नुपर्ने भन्दै उनीहरूलाई स्थानहद तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?