© २०२३
काठमाडौं, ७ पुस ।
सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँले बढी हो । यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामै तोडिएको हो । गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ मा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्यले पनि केही दिनयता लगातार नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले वृद्धि भएको छ । जसअनुसार चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार १०५ रुपैयाँ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कारोबारका क्रममा (नेपाली समय १०:५० बजे) सुन प्रतिऔंस ४,३९७ अमेरिकी डलर पुगेको छ । त्यस्तै, चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलर मा कारोबार भएको छ ।