Butwal Today

वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज

५ पुष २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै बढाइएको शुल्क खारेज गरी पुरानै दर कायम गरेका हुन् ।

यसअघि स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५०० रुपैयाँबाट बढाएर ९ हजार ५०० रुपैयाँ पुर्‍याइएको थियो । तर सरकारले उक्त निर्णय फिर्ता लिँदै पुनः ६ हजार ५०० रुपैयाँ नै कायम गरेको छ ।

शुल्क वृद्धिले वैदेशिक रोजगारीमा जाने गरिब तथा विपन्न वर्गका कामदारमाथि आर्थिक भार बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।

यसअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णयमार्फत स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५०० रुपैयाँ कायम गरेका थिए । त्यतिबेला पनि व्यापक विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो । हाल पुनः बढाइएको शुल्क फेरि मन्त्रीस्तरीय निर्णयबाट खारेज गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?