© २०२३
बुटवल, ४ पुस ।
कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कालिका कप अन्तर्गतका छात्रछात्रा जिल्ला स्तरीय भलिवल प्रतियोगिता र कबड्डी प्रपतियोगिताका सेमिफाइनलका खेल सकिएका छन् । फाइनल उपाधिका लागि शनिवार प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार भएको छात्र भलिवल प्रतियोगितामा क्वाटरफाइनलका प्रतिस्पर्धाबाट न्यू होराईजन मावि, सैनामैना मावि, नविन औद्योगिक मावि र मणिमुकुन्द मावि सेमिफाइलनमा प्रवेश गरेका थिए ।
जसबाट दोस्रो चरणमा सेमिफाइनलमा न्यू होराइजन मावि र नविन औद्योगिक माविका बिचमा भएको प्रतिस्पर्धाबाट न्यू होराईजन ३–० ले विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । यस्तै मणिमुकुन्द मावि र सैनामैना माविका बिचमा भएको प्रतिस्पर्धाबाट मणिमुकुन्द मावि ३–० सेटले विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ । शनिवार विहान तेस्रो स्थानको लागि र फाइनल प्रतिस्पर्धा हुने खेलकुद समितिका सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिए ।
यस्तै छात्रा भलिवलतर्फ बेष्ट अफ ५ का खेलबाट न्यू होराईजन मावि र एभरेष्ट मावि फाइनलमा प्रवेश गरेका छन् । नविन र न्यू होराईजनका बिचमा भएको खेलमा सोझो सेटले होराईजन विजी हुँदै फाइनल यात्रा तय गरेको हो भने दोस्रो कुँवरवर्ती बोर्डिङ र एभरेष्टका बिचमा भएकोमा एभरेष्टले सोझो सेटमा कुँवरवर्तीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । शनिवार हुने फाइनल प्रतिस्पर्धामा र तेस्रो स्थानको लागि विद्यालयले प्रतिस्पर्धा गर्ने विद्यालयका खेलकुद संयोजक ओम बहादुर सारुले जानकारी दिए ।
यस्तै जिल्ला स्तरीय छात्र कबड्डी प्रतियोगितामा क्वाटर फाईनलका खेल सकिएका छन् । शनिवार विहानदेखि सेमफाईनल र क्वाटर फाईनलका खेल हुने छन् । क्वाटर फाईनलमा कालिका मानवज्ञान मावि, मणिमुकुन्द मावि, न्यु होराईजन मावि र पब्लिक मावि सेमिफाईलनमा प्रवेश गरेका हुन् ।
छात्रातर्फको कबड्डी प्रतियोगितामा सेमिफाईनलका खेल सकिएका छन् । कालिका मानवज्ञान मावि र कान्तिका बिचमा भएकोमा कालिका मानवज्ञान मावि विजयी हुँदै फाईनल यात्रा तय गरेको हो । यस्तै नविन मावि र न्यु होराईजन माविका विचमा भएको खेलमा न्यु होराईजन माविले जित निकाल्दै फाईनल यात्रा तय गरेको हो । फाईनल प्रतिस्पर्धा शनिवार विहान हुने छ ।