Butwal Today

एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

४ पुष २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

एशियाली फुटबल महासङ्घ  (एएफसी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई २ हजार अमेरिकी डलर जरिवाना गरेको छ । एशिया कप छनोट तेस्रो चरण अन्तर्गत मलेशियासँगको खेलमा नेपाली खेलाडीहरू मैदानमा ढिला प्रवेश गरेको भन्दै एएफसीको डिसिप्लिनरी तथा इथिक्स कमिटीले यो निर्णय गरेको हो ।

कमिटीको डिसेम्बर १५ मा बसेको बैठकको निर्णय अनुसार नेपालले मलेशियासँगको खेलमा पहिलो हाफमा १ मिनेट २० सेकेन्ड र दोस्रो हाफमा १ मिनेट ३० सेकेन्ड ढिला प्रवेश गरेको देखिएको थियो ।त्यसैगरी, मलेशियाका खेलाडीहरूले पनि मैदानमा ढिला प्रवेश गरेको भन्दै एएफसीले मलेशिया फुटबल सङ्घलाई २ हजार ५ सय अमेरिकी डलर जरिवाना गरेको छ ।

साथै, मलेशियाले खेलपछिको पत्रकार सम्मेलनमा प्लेअर अफ द म्याच बनेका मोहम्मद फैसल बिन अब्दुल हलिमलाई उपस्थित नगराएको भन्दै, एएफसीले मलेशिया फुटबल सङ्घलाई जरिवाना गरेको छ ।

एएफसीले निर्णय भएको ३० दिनभित्र जरिवाना तिर्नुपर्ने पनि उल्लेख गरेको छ । गएको नोभेम्बर १८ मा मलेशियामा भएको यो खेलमा नेपाल १–० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?