Butwal Today

हिसानको खेल सप्ताह सुरु

४ पुष २०८२, शुक्रबार
अ+
अ-

बुटवल, ४ पुस ।

विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले विभिन्न खेलकुद प्रतियोगितासहित खेलकुद सप्ताह शुरु गरेको छ ।

सप्ताह अन्तरगत बिहीबार जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता शुभारम्भ गरिएको छ । प्रतियोगिताको रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले उद्घाटन गर्दै खेल क्षेत्रको विकासमा निजी विद्यालयहरूको योगदान रहेको बताए ।

ईसिए अन्तर्गत हिसानबाट अनिवार्य खेललाई अगाडि बढाउनु सकारात्मक भएको उनले बताए । ग्रास रुट खेल अगाडि बढाउन आर्थिककै कठिनाइ रहेको भन्दै विद्यालय स्तरमा गरिएको कार्यक्रमबाट खेलाडी उत्पादन हुने बताए । खेल सम्बद्ध संस्थासँग एन्फा सधै सहकार्य गर्न तयार रहेको उनले बताए ।

हिसानका अध्यक्ष कृष्ण न्यौपानेले निजी विद्यालयहरुका हिसान खेल सप्ताह कार्यक्रम अन्तर्गत फुटबल, छात्र÷छात्रा भलिबल, बक्तित्वकला, हाजिरिजवाफ र ह्याकाथन प्रतियोगिता हुने छ । समग्र कार्यक्रमको समापन पुस ९ गते पुरस्कार वितरणसहित समापन कार्यक्रम हुनेछ ।

हिसानको केन्द्रिय उपाध्यक्ष लोकनाथ उपाध्याय, प्याब्सनका केन्द्रिय उपाध्यक्ष टिकाराम न्यौपानेले शुभकामना दिए ।
देविनगरस्थित एन्फा एकेडेमी फुटबल मैदानमा बिहीबार भएको उद्घाटन खेल न्यु होराईजन ईबिसले र न्यू ईन्भारोमेन्ट बोर्डिङ स्कुललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

न्यू होराईजनको जितमा सुजन बराल, सन्तोष कार्कीले गोल गरे । खेलमा ईन्भारोमेन्टका निश्चल रानाले सान्त्वना गोल गरे । प्रतियोगितामा २० टिमहरु सहभागीता रहेको संयोजक लक्ष्मण अर्यालले बताए । प्रतियोगिताको फाईनल पुस ६ गते हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?