दाङ, २९ मङ्सिर ।
मुक्त कमलरी विकास मंचको १५ औं वार्षिक साधारणसभा तथा सामाजिक लेखाजोखा एवंम छैठौं अधिबेशन दाङको घोराहीमा सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीले मुक्त कमलरीहरु सीप सिकेर आत्मनिर्भर हुनुपर्ने बताइन । आफ्नो अधिकारका लागि एकजुट हुनुपर्ने बताइन् ।
कमलरी सधै दुखी भएर बस्ने होइन आयआर्जनका काम गरेर आम्दानी गर्नुपर्ने बताइन । घरबार बिहिनी बालिकालाई घर बनाइदिने काम पालिका गर्छ त्यसैले आबस्यक कागजात लिएर पालिकाबाट सेवा लिन आग्रह गरिन । बास नभएका , हिंसा पीडित र केही पनि नभएका र कोहीपनी नभएका मुक्त कमलरीको नगरपालिकाले सहयोग गर्ने बताइन् ।
घोराही उपमहानगरपालिका -१७ का अध्यक्ष रामलौटन चौधरीले कमैया कमलरी बस्दाको समयमा समयको कुनै मुल्य नहुने बताइन् । मालिकले जतिबेला जुनसुकै काम गर्न भनेपनी तयार हुनुपर्ने समय रहेको स्मरण गरे । अब समय फेरिएको छ। सबैले काम गर्नुपर्छ र कामको संमान हुनुपर्ने बेला आएको छ, उनले भने ।
कार्यक्रममा लेखाजोखा प्रतिबेदन पत्रकार दुर्गालाल केसीले प्रस्तुत गरेका थिए । पत्रकार शरद अधिकारी, गोरक्ष रत्ननाथ मन्दिरका सल्लाहकार डा नरहरीनाथ योगी लगायतले धारणा राखेका थिए । मुक्त कमलरी बिकास मञ्चका कंचनपुर अध्यक्ष सीता डंगौराले मुक्त भएको १२ बर्ष भयो तर व्यवस्थापन राम्रो नभएको बताए । उनले सीप सहितको पुर्न स्थापना गर्नुपर्ने र सबै स्थानीय तहले कार्यबिधि तयार गरेर सबै अधिकारको स्थापना गर्नुपर्ने बताए ।
सचीवको प्रतिबेदन सचिव लक्ष्मी राना र कोषाध्यक्षको प्रतिबेदन शुसिला चौधरीले प्रस्तुत गरेका थिए । मुक्त कमलरी बिकास मंचका केन्द्रीय अध्यक्ष हीरामोती चौधरीले अधिबेशनले नयाँ कार्यसमिति चयन गर्ने बताइन् । दाङ , बाके , बर्दिया , कैलाली र कंचनपुरका मुक्त कमलरीको उपस्थिति रहेको थियोे ।
कमलरी अभियान्ताहरुलाइ संमान गरिएको थियोे । मानबहादुर क्षेत्री , फकला थारु,दुर्गालाल केसी, शरद अधिकारी, अनिता पोखरेल , रञ्जिता अधिकारी, ज्ञानु थापा लगायत दुई दर्जन अभियान्तालाइ संमान गरिएको थियोे ।