Butwal Today

सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो

२९ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २९ मंसिर ।

सोमबार सुनको मूल्य तोलामा दुई लाख ६० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ६० हजार ७०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा दुई लाख ५८ हजार ८०० रुपैयाँ रहेको थियो । एकै दिनमा सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो ।

यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । आइतबार तोलामा तीन हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा तीन हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको महासंघले जनाएको छ ।