© 2026
काठमाडौं, २८ मंसिर ।
साताको पहिलो दिन आइतबार सेयर बजार २६ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा १२.५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा आएको हो । बजार करिब दिनभरजसो ओरालोमा रह्यो ।
कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ४ अर्ब पुगेको छ । ५६ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ समूह स्थिर रह्यो । अन्य समूहमा विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ तथा व्यापार ०.५९ प्रतिशतले घटेको छ ।
दुई कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । त्यस्तै, अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ४.७० प्रतिशतले बढेको छ ।
सिटी होटलको मूल्य सबैभन्दा धेरै ६.२६ प्रतिशतले घटेको छ । श्रीनगर एग्रिटेक ४.६५ र लक्ष्मी लघुवित्त ४.५५ प्रतिशतले घटेका छन् । आज धेरै कारोबार भएका पाँच कम्पनीमा कुमारी बैंक (संस्थापक), ङादी ग्रुप, शिवम् सिमेन्ट, श्रीनगर एग्रिटेक र बुटवल पावर छन् ।