© 2026
पाल्पा, २६ मंसिर ।
पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
लु १ ज ३९०८ नम्बरको जिप अरुणखोलादेखि रामपुरतर्फ जाँदै गर्दा निस्दीको मित्याली क्षेत्रमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । उनका अनुसार मृतक तीनै जनाको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।
दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, पूर्वी नवलपरासी पठाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।