Butwal Today

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ?

२६ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २६ मंसिर ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् चौथो पटक विस्तार गर्दैछिन् ।

बिहीबार मात्रै प्रधानमन्त्री कार्की शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेकी थिइन् । आज हुने विस्तारमा चार मन्त्री थपिने तयारी भएको स्रोतले जनाएको छ ।

शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ ।