© 2026
काठमान्डौ, २६ मंसिर ।
मध्य युरोपेली देश अस्ट्रियाले सार्वजनिक तथा निजी दुवै विद्यालयमा हिजाब लगाउन प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ । दक्षिणपन्थी गठबन्धनको नेतृत्वमा बनेको सरकारमा तीन मध्यमार्गी दल सहभागी छन् ।
सरकारले यो कानुनलाई लैंगिक समानताप्रति स्पष्ट प्रतिबद्धताको रूपमा व्याख्या गरेको छ । तर आलोचकहरूले भने यसले मुस्लिम समुदायमाथि नकारात्मक प्रभाव पार्ने, मुस्लिमविरोधी भावना बढाउने तथा संविधानविपरीत हुने जोखिम रहेको टिप्पणी गरेका छन् ।
यसअघि सन् २०२० मा १० वर्षमुनिका बालिकामाथि लगाइएको हिजाब प्रतिबन्धलाई संवैधानिक अदालतले असंवैधानिक भन्दै खारेज गरेको थियो । हाल पारित कानुन भने सबै कक्षाका विद्यार्थीलाई लक्षित गरिएको छ ।
नयाँ कानुन उल्लंघन भएमा पहिलो चरणमा बाल तथा युवा कल्याण एजेन्सीलाई जानकारी गराइने छ । निरन्तर अवज्ञा जारी रहे अन्तिम उपायका रूपमा परिवार वा अभिभावकहरूलाई ८०० युरो (८४,००० रुपैयाँ) सम्म जरिवाना गरिने बीबीसीले जनाएको छ ।